• Aug 06 2020 | २०७७, श्रावण २२गते

प्रधानमन्त्री पत्नी राधिका भन्छिन्, ‘विनाशका लागि वृद्ध नेताहरुले दिमाग खियाइरहेका छन्’

canadanepal

श्रावण ५

प्रधानमन्त्री पत्नी राधिका भन्छिन्, ‘विनाशका लागि वृद्ध नेताहरुले दिमाग खियाइरहेका छन्’

काठमाडौं । सत्तारुढ नेकपाभित्रको सत्ता र शक्ति संघर्षका भएको विवाद अझै साम्य भइसकेको छैन । गत असार १० गतेबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमसहिका नेताहरुले मागेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । 

प्रधानमन्त्री ओलीकै राजीनामा मागेपछि सदनको अधिवेशन नै अन्त्य गरियो भने नेताहरुको दौडधुप चलिरह्यो । नेकपाका शीर्ष नेताहरु शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई लगातार भेट्नेदेखि कोठे बैठक बस्ने क्रम चलिरहेको छ । तर, नेताहरुबीचको विवाद साम्य भएको छैन । 

यही बेला सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यको नेताहरुलाई कटाक्ष गरिएको ४५ सेकेन्डको भिडियो भाइरल बनिरहेको छ । उनले नेताहरुको दौडधुपले विकासभन्दा विनाश गराउने बताएकी छन् । 

‘कहिले कहाँको मिटिङ, कहिले कहाँको मिटिङ, कसरी षड्यन्त्र गर्ने, अब यो, उहाँहरु पनि बुढो बुढो भइसक्नु भा छ नि । बुढो दिमागलाई खियाएको खियाइ खियाएको खियाइ छ के’, उनले सो भिडियोमा भनेकी छन्, ‘ तर, त्यो एउटा सृजनात्मकताको लागि होइन, त्यो एउटा विनासको लागि उहाँहरुले आफ्नो दिमाग खियाइराखेको छ ।’

नेताहरुले गरेको दौडधुपले जनतालाई राम्रो हुने भए मतलव हुने भन्दै उनले जनताको लागि केही नहुने कामको लागि किन कुदिराखेको भनेर प्रश्न समेत गरेकी छन् ।  प्रधानमन्त्री पत्नी राधिकाले नेताहरुको राजनीतिक दौडधुपलाई लिएर खरो अभिव्यक्ति भने दिएकी हुन् । 

सो भिडियोमा उनले भनेकी छन् :

कहिले कहाँको मिटिङ, कहिले कहाँको मिटिङ, कसरी षड्यन्त्र गर्ने, अब यो, उहाँहरु पनि बुढो बुढो भइसक्नु भा छ नि । बुढो दिमागलाई खियाएको खियाइ खियाएको खियाइ छ के । तर, त्यो एउटा सृजनात्मकताको लागि होइन, त्यो एउटा विनासको लागि उहाँहरुले आफ्नो दिमाग खियाइराखेको छ । रातदिन नभनि कहिले  कता कहिले कता कुदिराख्नु भएको छ । मलाई त्यो कुरा सन्दा हाँसो पनि उठ्छ, दया पनि लाग्छ । यो बेकारको के कुदिराख्या होला जस्तो नि  । हैन त्यो कुदाइअनुसार यदी जनतालाई राम्रो हुने भए त कुदाइको मतलव हुन्छ हैन । अब त्यो जनताको लागि केही नहुने कामको लागि किन यसरी कुदिराखेको होला ?  


श्रावण ५, २०७७ सोमवार १०:५३:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • अर्कोसमाचार