• Aug 06 2020 | २०७७, श्रावण २२गते

कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा कडाइ

canadanepal

आषाढ ११

कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा कडाइ

(कोभिड-१९) संक्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न यहाँ भित्रिने र बाहिरिने यात्रुलाई थप कडाइ गरिएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा पठाउने तयारी गरेका हुन्।

त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको छ। आफूखुसी भित्रिनेलाई विभिन्न पार्टी प्यालेसमा बनाइएका क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले असुरक्षित आवागमनका कारण कोरोना संक्रमण बढ्ने भएकाले व्यवस्थित र सुरक्षित बनाउन उपत्यकामा आउने र बाहिर जानेमाथि थप कडा गरिएको बताए।

निजी स्रोतबाट सञ्चालित विद्यालयका सञ्चालकले इन्टरनेटको पहुँच नभएका अभिभावकलाई अनलाइन कक्षामा बालबालिकाको सहभागिता बढाउन दबाब दिन थालेपछि काठमाडौं भित्रिनेको संख्या बढ्न थालेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार विभिन्न नाकाबाट दैनिक १ हजार ८ सयभन्दा बढी सवारी साधन भित्रिने गरेका छन्। करिब एक हजार छ सय बाहिरिने गरेका छन् । उनले भने- पालिका तथा स्थानीय तहको सिफारिस नलिई आउनेलाई कारबाही हुन्छ।

यसैबीच गृह मन्त्रालयले पनि बाहिरबाट काठमाडौं उपत्यका भित्रिनेका लागि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।


आषाढ ११, २०७७ बिहिवार १३:२३:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ
  • # कोरोना

  • अर्कोसमाचार

    ३ जना भारतीयमा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

    Sobizpress SuAdmin

    चैत्र ३०

    ३ जना भारतीयमा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

    वीरगञ्जस्थित नारायणी अस्पतालमा रहेका ३ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । अस्पतालमा आईसोलनमा रहेका ३ जना भारतीयमा कोरोना संक्रमण देखिएको हो । हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएको थियो । टेकुको रिपोर्ट पनि पोजेटिभ आएपछि उनीहरु संक्रमित भएको पुष्टी भएको हो ।

    वीरगञ्जस्थित छप्कैया मस्जिदमा १५ दिनअघि देखि बस्दै आएका यनीहरु भारतको उत्तर प्रदेशको भएको बताईएको छ ।covid-v-19.jpg

    कोरोनाभाइरसको लक्षण देखिएपछि उनीहरुलाई वडा २ अध्यक्ष अब्बास मियाँले स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याएका थिए । मस्जिदमा रहेका २ दर्जन बढीको स्वाब परीक्षणका लागि हेटौँडा पठाइएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको थियो ।

     


    चैत्र ३०, २०७६ आइतवार १४:२८:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना

  • Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    महोत्तरीमा व्यक्तिमाथि गोली प्रहार

    canadanepal

    चैत्र २५

    महोत्तरीमा व्यक्तिमाथि गोली प्रहार

    काठमाडौं – महोत्तरीमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ । मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि गोली प्रहार भएको हाे।

    महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै यादवको छातीमुनि गोली लागेको बताए । उनका अनुसार आइतबार बिहान २ बजे गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव घाइते भएका छन् ।


    चैत्र २५, २०७६ मंगलवार २१:१३:५४ बजे : प्रकाशित

    कोरोनाका नाममा घोटाला, मन्त्री ढकाललाई अख्तियारले छानविन गर्ला ?

    canadanepal

    चैत्र १७

    कोरोनाका नाममा घोटाला, मन्त्री ढकाललाई अख्तियारले छानविन गर्ला ?

    काठमाडौं। नेपाल सरकारले चीनबाट कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्री खरिद गर्दा करोडौं भ्रष्टाचार गरेको तथ्य सार्वजनिक भएको छ ।

    कोरोना भाइरस (कोविड–१९) को संक्रमण सुरु भएको ३ महिनासम्म पनि सरकारले किट्स, मास्क, पीपीई, ग्लोब जस्ता अत्यावश्यक मेडिकल सामग्री खरिद गर्न आवश्यक नठानेको सरकारले बल्ल आवश्यक सामाग्री त किन्यो तर, करोडौं भ्रष्टाचार गरेर ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लायर्सहरुको बैठक नै राखेर कसरी कमिसन मिलाउन सकिन्छ भनेर निर्णय नै गराएको स्रोतका दावी छ ।

    त्यसैले सरकारले किनेको उक्त स्वास्थ्य उपकरणको मूल्य बजार भाउभन्दा दशौं गुणा महंगो परेको पाइएको छ । नेपाल सरकारले किन यति महंगोमा सामान किन्यो त ? भन्ने प्रश्नले यतिबेला मन्त्रीपरिषद्मा समेत खैलाबैला मच्चिएको छ ।

    कुन सामान कति कमिसन ?
    नेपाल सरकारले खरिद गरेका गगल्सको मूल्य १८ डलर परेको छ । जबकी यो गगल्सको मूल्य चिनियाँ बजारमा न्यूनतम २ डलरदेखि अधिकतम ४ डलरसम्म पर्छ । एक लाख थान गगल्स किन्दा सरकारले १७ करोड रुपैयाँ बढी तिरेको देखिन्छ ।

    त्यसैगरी एफडीए सर्टिफाइड थर्मोमिटरको अधिकतम बजारमूल्य २९ देखि ३३ डलर पर्नेमा नेपाल सरकारले ६५ डलरमा खरिद गरेको छ । १५ सय थान थर्मोमिटरमा ७१ लाख रुपैयाँ अतिरिक्त बिल देखाइएको देख्रिन्छ ।

    त्यसो त एक सेन्ट पनि नपर्ने डिस्पोजेवल जुत्तालाई नेपाल सरकारले २ डलर तिरेको छ भने २.५ डलर पर्ने रेस्पिरेटर मास्कलाई ७ डलर तिरेको छ । यसमा पनि लाखौं रकम बढि तिरिएको छ ।

    कोरोना परीक्षणका लागि पोर्टेबल पीसीआर टेस्टिङ किट ५० हजार थान खरीद गरिएको छ । प्रतिकिट ३८ डलरमा खरीद गरिएको छ । यसको अधिकतम मूल्य ९–१० डलर भन्दा बढी नपर्ने चिनियाँ व्यापारीहरुले बताइसकेका छन् ।

    यसमा मात्रै १६ करोड रुपैयाँ भन्दा बढीको बिल देखाइएको छ ।

    चीनबाट खरिद गरिएको सामानमा भ्रष्टाचार भएको भनेर चौतर्फी रुपमा प्रश्न उठ्दा समेत सरकारले अझैसम्म जवाफ दिन सकेको छैन । कोरोना भाइरस जस्तो महामारीको समयमा करोडौं स्वास्थ्यमन्त्रीसम्म मिलेर कमिसन खाँदा समेत प्रधानमन्त्री भने अझै चुप नै छन् ।

    मेडिकल सामाग्री खरिदमा करोडौ अनियमितताको कुरा छताछुल्ल भएपछि मन्त्री ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुरुन्तै कागजात झिकाएर अनुसन्धान गर्नु पर्ने आवाज पनि सामाजिक सञ्जालभरी उठेको छ।


    चैत्र १७, २०७६ सोमवार ११:१७:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # नेकपा