images

‘दबंग ३’ का 'भिलेन'लाई बीएमडब्लु उपहार

‘दबंग ३’ का 'भिलेन'लाई बीएमडब्लु उपहार



काठमाण्डाै । बलिउड अभिनेता सलमान खानले किच्चा सुदिपलाई कार उपहार दिएका छन्। चलचित्र ‘दबंग ३’ का 'भिलेन'का रूपमा अभिनय गरेका सुदीपलाई  सलमानले उनकै घरमा पुगेर कार उपहार हस्तान्त्रण गरेका हुन्। सलमानले सुदीपलाई बीएमडब्लु एम ५ उपहारमा दिएका हुन्। उनले सामाजिक संजाल ट्विटरमा उक्त कार हस्तान्त्रणका क्रममा खिचिएको तस्वीर सार्वजनिक गरेका छन्। 'तपाई जब राम्रो काम गर्नुहुन्छ। जहिले पनि राम्रै हुन्छ। यो कुरा मलाई सलमानले सिकाएका छन्', उनले लेखेका छन्, 'उनी मेरो घरमा सुन्दर उपहारसहित आएका हुन्। उनलाई म ससम्मान धन्यवाद दिन चाहन्छु' सुदीपले ट्विटरमा उल्लेख गरेका छन्। चलचित्र ‘दबंग ३’ले बक्स अफिसमा उत्साहजनक उपस्थिति जनाएको छ। प्रभु देवाले निर्देशन गरेको फिल्ममा सलमान, सुदीपका साथै सोनाक्षी सिन्हालगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]