images

सुनको मूल्य एक हजारले घट्यो

सुनको मूल्य एक हजारले घट्यो



काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको छ। बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार  एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुन ७२ हजर २ सय रुपैयाँ कायम गरिएको छ।

बुधबा सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ। चाँदी तोलाको ९ सय रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी तोलाको ९२० रुपैयाँ कायम गरिएको थियो।इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउ उचाव चाढाव भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]