images

अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्धको घोषणा

अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्धको घोषणा



काठमाण्डाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको केही घण्टापछि बुधबार साँझ ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोाषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले इरानको मिसाइल आक्रमणबाट कोही अमेरिकी हताहत नभएको समेत उनले स्पट पारे । ट्रम्पले भने, इरानको मिसाइल आक्रमणबाट कुनै ठुलो क्षति भएको छैन, सेनालाई सलाम छ ।’  राष्ट्रपति ट्रम्पले आफुहरुसँग अत्याधुनिक हतियार भए पनि त्यसलाई अहिले प्रयोग गर्न नचाहेको बताए । उनले भने, हामीसँग अत्याधुनिक हतियारहरु छन्, तर हामी त्यसलाई प्रयोग गर्न चाहादैनौ ।’ 

 

उनले आफ्ना सैनिकहरु सुरक्षित रहेको समेत दाबी गरे । ट्रम्पले इराकमा अमेरिकी सेनाहरू बस्ने हवाई अड्डाहरूलाई लक्षित गरी गरिएको आक्रमणपछि इरान अमेरिकाभन्दा निकै तल उभिरहेको देखिएको भन्दै ब्यंग्य गरे ।  बुधबार इरानले इराकका इरबिल र अल असद सैनिक आधार शिविरहरूमा मिसाइल आक्रमण गरेको थियो । केही दिनअघि मात्र इरानका सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी सेनाको ड्रोन आक्रमणमा मृत्यु भएको थियो । सुलेमानीको मृत्यलगत्तै ती दुई देशबीच थप तनाव बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]