images

शुल्क वृद्धिको विरोधमा चितवन मेडिकल कलेजमा लगाइएको ताला खुल्यो

शुल्क वृद्धिको विरोधमा चितवन मेडिकल कलेजमा लगाइएको ताला खुल्यो



काठमाण्डाै । शुल्क वृद्धिको विरोधमा उत्रिएका चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलन छोडेर पढाइ र परीक्षामा लागेका छन् । लामो समयसम्म आन्दोलन गरेका विद्यार्थी आन्दोलन छाडेर पढाइतिर लाग्ने निश्कर्षमा पुगेका हुन् । 

विद्यार्थीले कैलाशनगर स्थित कलेजको प्रशासनिक भवनमा लगाएको ताला मंगलबार खोलेका छन् । उनीहरूले कार्तिक २२ गते ताला लगाएका थिए ।  कलेजमा अध्ययनरत विद्यार्थी र अभिभावकको छलफलपछि ताला खोल्ने निर्णय गरेका हुन् । 

माग पूर्णरुपमा सुनुवाइ नभए पनि पढाइ र परीक्षामा असर नपरोस् भनी ताला खोल्ने निर्णय गरेको अभिभावक महेशप्रसाद अधिकारीले बताए । आन्दोलनले कुनै निष्कर्ष नदिए पनि पढाइलाई अगाडि बढाउने निर्णय भएको उनले बताए । परीक्षा र पढाइ अगाडि बढाउन ताला खोल्ने निष्कर्षमा पुग्यौँ’, अधिकारीले भने, ‘आन्दोलन गर्दा कसैले सुनेनन्, पढाइ बिगार्न त भएन नि।’ 

विद्यार्थी र अभिभावकको टोलीले काठमाडौंमा त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. धर्मकान्त बास्कोटालाई भेटेर परीक्षा दिन छुटेकालाई परीक्षा दिने वातावरण मिलाउन आग्रह गरेका छन् । आन्दोलनको क्रममा परीक्षा छुटेकालाई नियमित तालिका अनुसार दिने व्यवस्थाको माग गरेका छन् ।  तर माग सुनुवाई नभएसम्म कुनै शुल्क नतिर्ने उनीहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]