images

जस्तोसुकै सडकमा ‘टोयोटा रस’

जस्तोसुकै सडकमा ‘टोयोटा रस’



जापानी मोटर कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि ‘कम्प्याक एसयुभि’ टोयोटा रस नेपाली बजारमा भित्राएको थियो। सुरक्षित र आरामदायी यात्राको लागि ‘रस’ भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ। ‘टोयोटाले गुणस्तरमा कहिल्यै सम्झौता गर्दैन अझ रस नेपालको बाटो र परिवार सुहाउँदो छ,’ उनले भने ‘रस टू ह्विल ड्राइभको भएपनि अरु जस्तो फ्रन्ट नभई यो रेयर ह्विल ड्राइभ भएकोले तान्ने क्षमता धेरै छ।’ रस नेपालका जस्तासुकै उबडखावड सडकमा चलाउन सकिन तिवारीले दावी गरे। ‘हामीले रसको क्षमता प्रमाणीत गर्न ७ ओटा रस मूक्तिनाथ सम्म पुर्याएर ल्यायौ, त्यस्तो अफरोडमा पनि रसलाई कुनै मुस्किल परेन,’ उनले सेतोपाटीसगँ भने। १४९६ सिसि फोर सिलिन्डर पेट्रोल इन्जिनको रसले ६ हजार आरपिएममा १०४ पिएस पावर र ४ हजार २ सय आरपिएममा १३६ एनएम टर्क दिन्छ। ठुलो परिवार हुनेको लागि यो उत्कृष्ट विकल्प भएको तिवारीले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]