images

अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीद्वारा शुभकामना

अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीद्वारा शुभकामना




काठमाडौं । प्रधानमन्त्री केपी शर्माले अंग्रेजी नयाँ वर्ष २०२० को शुभकामना दिनु भएको छ ।

प्रधानमन्त्रीको शुभकामनाको पूर्ण पाठ :

शुभकामना
आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवारी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइन्छ । बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई हामी अंग्रेजी नयाँ वर्षका रुपमा मनाउँछौं ।

हामीबाटभर्खरै बिदा भएको २०१९ नेपालको सुस्थीर राजनीतिक उपलब्धिको वर्षका रुपमा रह्यो । यसै वर्ष हामीले अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं भने दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार ग¥यौं । यही समयमाहामीले पृथकताबादी प्रबृत्तिलाईसधैंका लागि अन्त्य ग¥यौं । विकासका केही दूरगामी योजनाहरु यसैवर्ष थालनी ग¥यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न ग¥यौं ।चार वर्ष अघिको बिनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण सम्पन्नता उन्मूख छ । ब्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरि हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं । निराशाहरु विनिमय गरि समय ब्यतीत गर्ने हाम्रो समाजिक प्रबृत्ति संक्रमणकालीन संशयहरुलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको छ । अर्थात्, समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्राकदम थप अघि बढेका छन् । समग्रमा राजनीतिक संघर्ष र ब्यवस्थापनको बहसबाट सिंगै समाज यस अवधीमा विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सकेको छ ।

अब्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा चुनौति अवश्य रहे।हामीले त्यस्ता अवरोधहरुलाई भोग्यौं पनि । तर, हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं । राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन् भन्ने म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिनेगरी उचाईमा उठ्नेछ । जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्नेछ । निर्वाचन मार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक पटक संकल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा बिफल हुन दिनेछैनँ । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।

अन्त्यमा, नयाँ वर्ष सन् २०२० लाई हामी नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गर्दैछौं । सन् २०२०ःस्वदेशर विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस्, पुनः हार्दिक शुभकामना ।

१६ पुस, २०७६ केपी शर्मा ओली
(१ जनवरी, २०२०)

Best Wishes

On the occasion of New Year 2020 that begins today, I extend heartfelt greetings to all Nepali brothers and sisters living in the country and abroad. The first of January according to the Gregorian calendar is celebrated as new year in many countries. In Nepal, we also celebrate the first of January as new year, even though the first of Baishakh is observed as the native new year.

We just bade 2019 farewell, which remained a year marked by stable political achievements. In 2019, we bolstered the country’s presence on the international arena in a more fruitful way. The year also featured a historic visit of long term importance to Nepal from a high dignitary of a friendly nation. We eliminated, for once and for all, a separatist tendency during this period. Some long-term development projects commenced this year, while some projects bringing visible changes in people’s lives were also accomplished. The reconstruction works of the infrastructures devastated by the earthquakes four years ago is nearing completion. Nepal’s standing has improved as a secure nation for doing business. With reduction in imports and some increase in exports, the foundation for a strong economy has been successfully laid. Breaking with transitional skepticisms, the social tendency of exchanging hopelessness as pastime is transforming into a dialogue centered on development, good governance and prosperity. We have thus made strides towards realising the national aspiration of ‘Prosperous Nepal, Happy Nepali’. The society as a whole is oriented towards a discourse of development and prosperity from that of political struggle and management.

In transforming a country that transitioned through misrule and uncertainty for a long time into the path of development and prosperity, there were of course challenges. We endured such obstructions as well. However, we have accelerated the pace of our efforts to realize our goal in the long-term interest of the country and people. I wish to assure you that, in the new year, the steps we have taken towards national prosperity and the foundation we have laid will visibly reach new heights with added determination. Our campaign to make people happy and to bring prosperity to the nation will culminate in a meaningful juncture. Holding in high esteem the people’s mandate reflected through the elections, I have reiterated my resolve not to fail the people’s aspirations. I hope there will be solidarity from the brothers and sisters of all professions, regions, sections and communities to this campaign of the Government.

Finally, as we celebrate the Visit Nepal Year 2020, we are welcoming millions of tourists to Nepal in this year. I extend my best wishes once again to all brothers and sisters in the country and abroad for their good health, happiness, peace, progress and prosperity.

1 January 2020 (16 Poush 2076)                                                            K P Sharma Oli

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]