images

चीनको सिमानामा सशस्त्रको पहिलो सीमा सुरक्षा पाेस्ट

चीनको सिमानामा सशस्त्रको पहिलो सीमा सुरक्षा पाेस्ट



काठमाण्डाै। चीनसँग सिमाना जोडिएको संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा पाेष्ट (बोर्डर आउट पोस्ट) स्थापना गरेको छ।

मंगलबार सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सीमा पाेष्टको उद्घाटन गरेका हुन्। उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको यो पहिलो सीमा सुरक्षा पाेष्ट हाे। साे पाेष्ट स्थापनाका लागि सोमबार पूर्ब क्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलको टोलीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत किमाथांका लगिएको थियो। स्थानीय व्यक्तिका २ तले  २ घर भाडामा लिएर सो सीमाचौकी स्थापना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सीमा सुरक्षा पाेष्ट स्थापना गरिएको स्थान संखुवासभाको सदरमुकाम खाँदबारीबाट ११० कीमी टाढा र नेपाल–चीन सीमाबाट १ कीमीको दूरीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]