images

भेलभर्ड बर्खास्त,बार्सिलोनाको नयाँ प्रशिक्षकमा सेटिन

भेलभर्ड बर्खास्त,बार्सिलोनाको नयाँ प्रशिक्षकमा सेटिन



काठमाण्डाै । स्पानिस क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भेलभर्डलाई बर्खास्त गरेको छ । उनको स्थानमा रियल बेटिसका पूर्वप्रशिक्षक क्विक सेटिनलाई नियुक्त गरेको छ ।

५५ वर्षीय भेलभर्डले बार्सिलोनालाई लगातार दुई ला लिगाको उपाधि दिलाएका थिए । यस्तै यस सिजन पिन गोल अन्तरमा रियललाई पछि पार्दै बार्सिलोना ला लिगामा शीर्ष स्थानमा छ । तर भेलभेर्डको प्रशिक्षणमा बार्सिलोना च्याम्पियन्स लिगको फाइनलमा पुग्न असफल भएको थियो ।

यस्तै केही दिनअघि मात्र बार्सिलोना स्पानिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग पराजित भएको थियो । जसले गर्दा भेलभेर्डको बर्खास्तीको बाटो तय भयो । नयाँ प्रशिक्षक सेटिनसँग बार्सिलोनाले साढे दुई वर्षको सम्झौता गरेको छ । उनलाई केलबले मंगलवार सार्वजनिक गर्ने जनाएको छ ।

भेलभेर्डको स्थानमा बार्सिलोनाको प्रशिक्षकका लागि क्लबकै पूर्व खेलाडी जाभीदेखि टोटनह्यामका पूर्वप्रशिक्षक माउरिसिओ पोचेटोसम्मको नाम चर्चामा रहे पनि सेटिन नियुक्त भएका हुन् ।लिगका तलतिरका क्लब सम्हालेका सेटिनले लस पलमलाई ४० वर्षको इतिहासमा ११ औं स्थानमा पुर्याएका थिए । यस्तै रियल बेटिसलाई शीर्ष ६ मा राख्दै युरोपा लिगमा छनोट गराएका थिए । उनको प्रशिक्षणमा बेटिसले बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडलाई समेत पराजित गरेको थियो । सेटिनले बेटिसमा २ वर्ष बिताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]