images

राष्ट्रिय महत्वका आयोजनाहरुलाई बजेट अभाव हुन दिने छैन: अर्थमन्त्री खतिवडा

राष्ट्रिय महत्वका आयोजनाहरुलाई बजेट अभाव हुन दिने छैन: अर्थमन्त्री खतिवडा



काठमाण्डौ। अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव नहुने बताएका छन् ।

मंगलबार प्रस्तावित निगजढ विमानस्थल र जनकपुर–जयनगर रेल्वे परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री डा. खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताएका हुन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै उनले आयोजनापूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने उल्लेख गरे । राष्ट्रिय–अन्तर्राष्ट्रिय जहाँबाट भए पनि स्रोत व्यवस्थापन गरी विमानस्थल निर्माण गरिने उनको प्रतिबद्धता थियो ।

उनले विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्दै वस्ती व्यवस्थापन, जग्गा अधिग्रहण, वन तथा रूखले चर्चेको क्षेत्रफलको जानकारीसमेत लिएका थिए । केन्द्रमा समेत यस आयोजनालाई तीव्रता दिन निरन्तर काम भइरहेको उनले जानकारी दिए । द्रुतमार्गमै निजगढ विमानस्थलको गेट जोडिने भएकाले यो आयोजनाले काठमाडौंको हवाई ट्राफिक चाप घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएका थिए । देशका लागि महत्त्वपूर्ण आयोजना भएका कारण सबै पक्षले यसमा सहयोग गर्नुपर्ने उनले बताए ।

मंगलबार नै रेल्वे आयोजनाको समेत अनुगमन गरेका उनले रेल छिट्टै सञ्चालनमा आउने आवश्वासन जनकपुरवासीलाई दिएका छन् । रेलका डिब्बा बन्ने क्रममा रहेको भन्दै यस आयोजनाले पनि स्रोतको अभाव भोग्नु नपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]