images

शिवमायाको चट्टानी अडान सक्नुहुन्छ भने महाअभियोग लगाउनुहोस

शिवमायाको चट्टानी अडान सक्नुहुन्छ भने महाअभियोग लगाउनुहोस



काठमाण्डौ। उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले गरेको राजिनामाको आग्रहलाई दोस्रो पटक पनि अस्वीकार गरेकी छन् । सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।

तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्‍याउँदै राजीनामा नगर्ने प्रष्ट पारेको सक्नुहुन्छ भने महाअभियोग लगाउनुहोस भन्दै निस्किएको स्रोतले जनाएको छ । उनलाई सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाएका थिए । तर उपसभामुखले राजीनामा दिन्न भनेर हिँडेको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतले भन्यो-दुवै अध्यक्षले तपाईं राजीनामा दिएर निकास दिनुस भन्नुभयो । अहिलेसम्म सभामुख कसलाई बनाउने भनेर व्यक्तिमा छलफल भएको छैन । बाहिर आएका हल्लाको कुनै अर्थ छैन । तर उपसभामुखले म राजीनामा दिन्न भनेर हिँडेपछि अब फेरि सम्झाउनुपर्ने भएको छ । परिस्थिति अलि पेचिलो बन्यो बालुवाटार स्रोतले बतायो । राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएको भनिएकी उपसभामुखले पार्टीको आग्रह र निर्णयसमेत नमानेपछि अब के गर्ने भन्नेमा नेतृत्व छलफलमा छ । उनलाई अन्तिम पटक सम्झाउने तयारी छ । सम्भवतः प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि आग्रह गर्नेछन् । अहिले उनलाई सभामुख नबनाउने निर्णय नभएकाले राजिनामा दिएर निकास दिनुपर्ने नेतृत्वको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]