images

बर्नलीकाे पाेष्टमा चेल्सीकाे ३ गाेल

बर्नलीकाे पाेष्टमा चेल्सीकाे ३ गाेल



काठमाण्डाै। इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको २७ औं मिनेटमा जोर्गीन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा कलुम हड्सन ओडीले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै चेल्सीले २२ खेलमा ३९ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा यथावत रहेको छ । बर्नली २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत दोस्रो स्थानको लेष्टर सिटी भने साउथह्याम्पटनसँग २-१ गोल अन्तरले पराजित भएको छ । यस्तै एभर्टनले ब्राइटनलाई १-० ले हराएको छ । वुल्भ्स र न्युकासलले भने १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]