images

क्यानडामा नेपाल भ्रमण वर्ष २०२० को सुरुवात

क्यानडामा नेपाल भ्रमण वर्ष २०२० को सुरुवात



काठमाण्डाै । क्यानडामा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न औपचारिक रुपमा प्रचार प्रसार शुरु भएको छ । क्यानडाका मन्त्री, सांसद, पर्यट व्यवसायी लगायत विदेशी तथा नेपाली प्रतिनिधिहरु माझ राजधानी अटोवा शहरमा नेपाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल भ्रमण गरिसकेका क्यानडियन नागरिक, मन्त्री, सांसद, अन्य देशका राजदूतहरु, पर्यटन ब्यबसायीहरु, पर्बतारोहीहरु, गैर आबासीय नेपाली संघ क्यानडा, नेपाल भ्रमण बर्ष २०२० समन्वय समितिका सदस्यहरु, नेपाली समुदायका विभिन्न संघ सस्थाका प्रतिनिधिलगायको उपस्थिति रहेको थियो ।

क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, गैर आबासीय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, एसिस्टेन्ट डेपियुटी मिनिस्टर फर एसिया पेशिफिक एट द ग्लोबलस अफेयर्स क्यानडाका पल थोप्पी र क्यानडियन सांसद चन्द्र आर्याले दीप प्रज्वलन गर्दै नेपाल भ्रमण बर्ष सफलताको कामना गरेका थिए । कार्यक्रमा अथितिहरुलाई स्वागत गर्दै राजदूत ढुंगानाले नेपाल सरकारले भ्रमण बर्षको लागि आवश्यक पूर्वाधार सम्पन्न गरि २० लाख पर्यटक भित्र्याउन तयार रहेको बताउँदै क्यानडियनहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]