images

नाम र स्थायी राजधानीका लागि प्रदेश ३ मा भाेली मतदान

नाम र स्थायी राजधानीका लागि प्रदेश ३ मा भाेली मतदान



काठमाण्डाै । प्रदेश नम्बर–३ काे नाम र स्थायी राजधानीका लागि  आइतबार बिहान नाै बजे मतदान हुने भएको छ । प्रदेश नम्बर–३ काे नाम र राजधानीका लागि शनिबार संसदमा भएकाे छलफलपछि स्थगित बैठक आइतबार बिहान नौ बजेका लागि आह्वान गरिएकाे हाे । सभामुख सानुकुमार श्रेष्ठले शनिबारकाे बैठक स्थगित भएकाे जनाउँदै आइतबार बिहान नाै बजेका लागि आह्वान गरेका छन् ।

नामका विषयमा कुनैपनि दलका सांसदहरु विभाजित भएका छैनन् । तर, प्रदेश राजधानीका पक्षमा साझा र विवेकशील पार्टीका तीन जना सांसदले काभ्रे राजधानीका लागि संसदमा प्रस्ताव दर्ता गराएका छन् । संसद सचिवालयले आइतबार बिहान खुल्ला मतदानको व्यवस्था गरेको छ । मतदानपछि प्रदेशकाे स्थायी राजधानी र नामाकरण हुनेछ । प्रदेश नम्बर-३ मा एक सय १० जना सांसद रहेका छन् । तीमध्ये सबैभन्दा बढी नेकपाको ८० जना सांसद रहेका छन् । शनिबारको प्रदेशसभा बैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँको प्रस्ताव पेश गरेका हुन । 

पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाएका थिए । सभाको शनिवारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका छन । बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले लगायतका दलका सांसदले समर्थन जनाए । 

यसैगरी विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेका छन् । नामका विषयमा सांसद प्रेम तामाङले असहमति जनाए पनि उहाँले विमतिको नाम दर्ता गराउन प्रस्तावक र समर्थक नपाए पछि दर्ता गराउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]