images

इरानद्वारा युक्रेनी यात्रुबाहक विमान खसालिएको स्विकार

इरानद्वारा युक्रेनी यात्रुबाहक विमान खसालिएको स्विकार



काठमाण्डाै । इरानले ‘भुलबस’ युक्रेनी यात्रुबाहक जेट विमान खसालिएको स्विकार गरेको छ। इरानका राष्ट्रपति हसन रुहानीले ट्वीटर मार्फत् ‘मानवीय त्रुटि’ का कारण युक्रेनी विमान क्षेप्यास्त्रले खसालिएको स्विकार गरेका हन्। ‘युक्रेनी विमान मानवीय त्रुटिका कारण मिसाइल प्रहारबाट भयानक दुर्घटनामा परेको र १७६ जना निर्दोष मानिसको ज्यान गएको सेनाको आन्तरिक अनुसन्धानले निष्कर्ष निकालेको छ’, उनले लेखेका छन्, ‘यति भयानक विपत्ति र अक्षम्य गल्तीको दोषी पत्ता लगाउन अनुसन्धान जारी रहनेछ।’

शुक्रबार इरानी मिसाइल प्रहारबाट विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सम्प्रेसित समाचारको इरानले खण्डन गरेको थियो। त्यसको एकदिन नबित्दै शनिबार इरानले उक्त आरोप स्विकार गरेको हो। इरानको तेहरानबाट युक्रेनको राजधानीका लागि उडेको बोइङ ७३७ जेट विमान बुधबार उडेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो। 

Armed Forces’ internal investigation has concluded that regrettably missiles fired due to human error caused the horrific crash of the Ukrainian plane & death of 176 innocent people.

Investigations continue to identify & prosecute this great tragedy & unforgivable mistake. #PS752

 — Hassan Rouhani (@HassanRouhani) January 11, 2020

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]